काठमाडौं - स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वेच्छिक कोरोना परीक्षणको मूल्य तोक्न बाँकी रहेको बताएको छ ।

नियमित प्रेस ब्रिफिङका क्रममा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले १५ हजारसम्म शुल्क तोकिएको चर्चा भएपछि त्यसको खण्डन गर्दै शूल्क नतोकिएको बताए ।

उनले भने, 'सो शुल्क मन्त्रालयले एकरुपता हुने गरि गर्नेछ । प्रयोगशाला कस्तो हुने, शूल्क कति लाग्ने छिट्टै निर्णय गर्नेछ ।'

मन्त्रालयले मंगलबार लक्षण नभएका स्वदेशी तथा विदेशी नागरिकले स्वेछिक रुपमा शुल्क तिरेर परीक्षण गराउन चाहे अनुमति दिने सैद्धान्तिक निर्णय गरेको थियो ।