कालीकोट - सुन्दा अच्चम्म लाग्दो तर बास्तविक घटना भएको छ । जिल्लाको रास्कोट नगरपालिका वडा नं. ३ साँगाटिया गाउँमा एक बालकको घरमै पालेको पाल्तु कुकुरले टोकेर गुप्ताङ्ग नै क्षतविक्षत बनाइदिएको छ ।

३ महिनाका बालक अनिवास दर्जीको घरमा कोही नभएको बेला आफ्नै घरमा पालेको कुकुरले बालकलाई खेलाई खेलाई सक्त घाइते बनाएको छ । हर्ष दर्जी र संगिता दर्जीका छोराको घरमै पालेको कुकुरले आइतबार सुतिरहेको अवस्थामा गुप्ताङ्ग लगाएतका अन्य ठाउँहरुमा पनि टोकेको छ ।

बाललको अवस्था नाजुक रहेको छ । गरिव घरपरिवारमा जन्मिएका अविनास दर्जी ३ महिनाका बालक हुन । उनको परिवारमा औषधी उपचार गर्ने आम्दानीको स्रोत कमै छ । बुवा हर्ष दर्जिले भावुक हुदै भने अव के गर्ने,कसो गर्ने लौन मेरो सन्तानलाई सवैले बचाइदिनु प¥र्यो भन्दै हार गुहार गरिरहेका छन् ।