काठमाडौं - प्रतिनिधिसभाका नवनियुक्त सभामुख अग्निप्रसाद सापकोटाले बहुचर्चित मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)लाई संसदमा तत्काल अघि नबढाउने संकेत गरेका छन् ।

सोमबार पद तथा गोपनियताको सपथ ग्रहण पश्चात् पदभार ग्रहण गर्न सिंहदरबार पुगेका सभामुख सापकोटाले एमसीसीलाई लिएर बहस छेडिएको भन्दै यसमा हतार गर्नु नपर्ने बताए ।

उनले आफ्नो विरोधमा सडकमा उठेका स्वरहरुलाई लोकतान्त्रिक प्रक्रियाकै रुपमा आफूले लिएको समेत बताएका छन् । आफूमाथि उठेका प्रश्नहरू निरुपण हुँदै विश्वास उनले प्रकट गरे ।

सापकोटाले सोमबार बिहान शीतलनिवास पुगेर राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनियताको सपथ लिएका थिए ।