काठमाडौं महानगरको विद्यार्थीलाई टाइ अनिवार्य नगर्न सामुदायिक विद्यालयलाई पत्र
खबर एक्सप्रेस
२०८०-०१-१५ ०३:३९ मा प्रकाशित
Total Shares: 106
काठमाडौं - काठमाडौं महानगरपालिकाले विद्यार्थीलाई टाइ अनिवार्य नगर्न सबै सामुदायिक विद्यालयलाई पत्राचार गरेको छ ।
बिहीबार काठमाडौं महानगरभित्र सञ्चालित सबै सामुदायिक विद्यालयलाई महानगरले पठाएको पत्रमा लेखिएको छ, ‘महानगरपालिका शिक्षा समितिको मिति २०७९/१२/२८ गतेको निर्णयानुसार काठमाडौं महानगरपालिका भित्र संचालित सामुदायिक विद्यालयका कुनैपनि कक्षामा टाइ अनिवार्य गर्न नदिने निर्णय भएकाले निर्णयानुसार कार्यान्वयन गर्न सम्बन्धित सबै विद्यालयलाई जानकारीका लागि अनुरोध छ ।’
फेसबुक पेज Like गर्नुहोस