काठमाडौं - शुक्रबार नेपाली बजारमा सुनको मूल्य बढेको छ ।

सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुन प्रतितोलामा ९ सय रुपैयाँले बढेर ९४ हजार ८ सय रुपैयाँमा कारोबार भैरहेको छ । बिहिबार सुन तोलाको ९३ हजार ९ सय रुपैयाँ थियो ।

आज चाँदीको मूल्य पनि बढेको छ । शुक्रबार चाँदीको मूल्य प्रतितोलामा १५ रुपैयाँले बढेर १ हजार १ सय ९५ रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।