काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओली आज बुटवल जाँदैछन् ।

आफू नेतृत्वको नेकपाले आयोजना गर्न लागेको जनसभालाई सम्बोधन गर्न प्रधानमन्त्री ओली बुटवल जान लागेको स्रोतले बताएको छ । सभामा २ लाख जनता उतार्ने दावी ओली समूहले गरेको छ ।

सभाको पूर्वसन्ध्यामा नेकपाका युवा इन्चार्ज महेश बस्नेतको नेतृत्वमा मोटरसाइकल र्‍याली निकालेका थिए । उनीहरूले बुटबलका विभिन्न ठाउँमा मार्चपास समेत गरेका थिए ।

गत पुस ५ मा प्रधानमन्त्री ओलीले प्रतिनिधि सभा विघटन गरेपछि नेकपा दुई चिरामा विभाजन भएको छ । प्रचण्ड-नेपाल पक्ष आन्दोलित छ । दुवै पक्षले छुट्टाछुट्टै भेला गर्दै आएका छन् ।