काठमाडौं - आज (सोमबार) नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आइतबार प्रतितोला ७१ हजार ६ सय रुपैयाँमा कारोबार भैरहेको छापावाल सुनको मूल्य स्थिर रहँदै सोमबार पनि प्रतितोला ७१ हजार ६ सय रुपैंयामा नै कारोबार भैरहेको महासंघले जनाएको छ ।

त्यस्तै तेजाबी सुनको मूल्य पनि स्थिर रहँदै प्रतितोला ७१ हजार ३ सय रुपैयाँमा कारोबार भैरहेको छ । चाँदीको मूल्य स्थिर रहेको छ । चाँदीको प्रतितोला ८ सय ५५ रुपैयाँमै कारोबार भैरहेको महासंघले जनाएको छ ।