काठमाडौं - लिटिल बुद्ध भनेर परिचित रामबहादुर बम्जनविरुद्ध सर्लाहीस्थित जिल्ला अदालतमा बाल यौन शोषणको आरोपमा मुद्दा दर्ता भएको छ ।

सर्लाहीको पत्थरकोटस्थित बम्जनको आश्रमस्थलमा आनी बनेर बसेकी एक बालिकालाई जबर्जस्ती करणी गरेको आरोप लगाउँदै तपस्वी रामबहादुर बम्जनविरुद्ध बाल यौन शोषणको मुद्दा परेको हो । बिहीबार दायर गरिएको मुद्दामा कसुरदार बम्जनलाई १२ देखि १४ वर्षसम्म सजायको माग दाबी गरिएको छ ।

घटना घटेको बेला पीडित बालिका १५ वर्षकी मात्र थिइन् । उनी १८ वर्षकी भएपछि २०७६ माघ २३ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी परेको थियो । बमजन भने बेपत्ता छन्। प्रहरीले पटकपटक उनको आश्रममा छापा मार्दा पनि पक्राउ गर्न सकेको छैन ।