उदयपुरमा थप ८ जनामा कोरोना संक्रमणको आशंका
खबर एक्सप्रेस
२०७७-०१-०९ ०१:३२ मा प्रकाशित
Total Shares: 316
काठमाडौं - उदयपुरमा थप आठ जनामा कोरोना भाइरसको संक्रमण भएको आशंका गरिएको छ ।
जिल्लाको त्रियुगा नगरपालिका–३ भुल्केका आठ जनाको स्वाब कोशी अस्पतालमा परिक्षण गर्दा शंकास्पद आएपछि थप परिक्षणका लागि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको अस्पताल स्रोतले बताएको छ ।
त्यही नगरपालिका स्थित मस्जिदमा ११ जना भारतीय र दुई नेपालीमा कोरोना संक्रमण पुष्टि भएपछि उनीहरूको सम्पर्कमा रहेकाहरू ६८ जनाको स्वाब संकलन गरी परीक्षण गरिएको थियो । त्यसक्रममा ८ जनाको नतिजा शंकास्पद आएको हो ।
फेसबुक पेज Like गर्नुहोस