काठमाडौंमा ४ जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण
खबर एक्सप्रेस
२०७७-०२-२० ०४:३७ मा प्रकाशित
Total Shares: 389
काठमाडौं - काठमाडौंको जोरपाटीस्थित काठमाडौं मेडिकल कलेजका ४ जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ देखि ३२ वर्षसम्मका ३ जना महिला र २८ वर्षका एक पुरुषमा कोरोना संक्रमण भएको हो ।
मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले मंगलबारको नियमित प्रेस ब्रिफिङमा सो जानकारी दिएका हुन् ।
फेसबुक पेज Like गर्नुहोस