उपनिर्वाचन: कास्कीका ३ वटा मतदानस्थलमा बम विस्फोट, सुरक्षा व्यवस्था कडा
कास्की - उपनिर्वाचन अन्तर्गत मतदान भइरहेका बेला कास्कीको पोखरा–१६ मा मतदानस्थल नजिकै बिस्फोट भएको छ ।
पोखरा–१६ को चण्डिका आधारभूत विद्यालयको मतदानस्थल नजिकै बम विस्फोट भएको हो । मतदानस्थलभन्दा भन्दा ३० मिटर पर बम १२ बजेतिर बिस्फोट भएको थियो । बम बिस्फोट भए पनि मतदान भने जारी छ ।
चण्डिका आधारभूत विद्यालय मनदान स्थलमा दुई केन्द्र छन् । यसअघि पोखरा महानगरपालिका–९ मा रहेको नवप्रभात मावि र शान्ति मावि मतदान केन्द्रनजिकै पनि बम विस्फोट भएको थियो। योसहित पोखराका तीन स्थानमा बम विस्फोट भएको छ। विष्फोटपछि सुरक्षा व्यवस्था कडा पारिएको कास्की प्रहरीले जनाएको छ ।
उपनिर्वाचन अन्तर्गत कास्की–२ मा प्रतिनिधिसभा सदस्याका लागि मतदान भइरहेको छ ।
फेसबुक पेज Like गर्नुहोस