काठमाडौं - स्वस्थ जीवन बाँच्नु हामी सबैको चाहना हुन्छ । कसरी हुनसक्छौं हामी स्वस्थ रु यो त्यति सजिलो सवाल होइन । तर केही सामान्य कुराहरुमा ध्यान दिएर पनि हामी स्वस्थ रहन सक्छौं । जस्तो, हामी कम्तीमा पनि सातरआठ घन्टा दैनिक सुन्नुपर्छ । ननिदाउँदा पाचन प्रणालीदेखि सुन्दरतासम्म प्रभावित हुन्छ । यसले मानसिक तथा शारीरिक ‘स्ट्रेस’ पनि बढ्छ । तर तपाईंलाई निद्रा पर्दैन भने सुत्नु अघि वा रातको नौ बजेपछि यी गल्तीहरु गर्नुहँदैन ।

बढी खानुहुँदैन 

सकेसम्म सुत्नुभन्दा केही घण्टा अगाडि नै खाना खाइसक्नु राम्रो हुन्छ । राति आठ बजेभन्दा अगाडि नै खाना खानु धेरै राम्रो हुन्छ । ढिलो खाँदा निन्द्रा नलाग्न सक्छ । यदि अबेला खाना खानुपर्यो भने सुप, सलाद खानुहोस्, तेलमा पकाइएको वा फ्राई गरिएको खानेकुरा नखानुहोस् ।

अध्ययन 

हाम्रोमा सुत्नेबेलामा पढ्नु राम्रो मानिन्छ । अझै रातैभरी पढियो भनेर बहादुरी देखाउने चलन पनि छ । अझ रमाइला सामग्री मात्र होइन गम्भीर विषयमा पनि अध्ययन गर्ने बानी कतिपयमा हुन्छ । अनुसन्धानकर्ताका अनुसार राति सुत्नुअघि गम्भीर पुस्तक पढ्नुभन्दा सामान्य फिक्सन पढ्नु उचित हुन्छ ।

सुत्नु अघि चियारकफी 

चिया कफीमा पाइने क्याफिनले सिधै निन्द्रामा असर पर्छ । विषयविज्ञहरुका अनुसार, साँझ खाना खाइसकेपछि कफी पिउने बानी राम्रो होइन । यसले कैयौँ घन्टासम्म निद्रा नलाग्न सक्छ । यदि यस्तो बानी छ भने जतिसक्दो छिटो छोड्नुपर्छ ।

खानापछिको फिल्म 

डिनरपछि टिभी र फिल्ममा झुण्डिनु हाम्रो सामान्य दिनचर्या हो । यसैगरी नयाँ पुस्ता पनि टिभी नहेरे पनि ल्यापटप खोलेर इन्टरनेट चलाउँछन् । यस्तो गर्नु कदापि ठीक हुनै सक्दैन । यसले आँखामा दबाब पार्छ र निद्रा हटाउँछ ।

परिवारसँग बहस या लडाइँ 

गम्भीर बहस बेलुका वा राति गर्नुहुँदैन भनिन्छ । साँझ खानापछि परिवारसँग बहस नगर्नु नै बेस हुन्छ । बरु परिवारसँग रमाइलो कुरा गर्नु राम्रो मानिन्छ । यसले निद्रामा पनि सहयोग गर्छ ।

फोन र इमेलमा ब्यस्तता 

साँझमा अधिकांश मानिस इमेल र फोनमा झुन्डिन्छन् । यसले मस्तिष्कलाई आराम पुग्दैन र निद्रा हराउँछ । यसर्थ सुत्नुअघि मेडिटेसन गर्नु उपयुक्त हुन्छ । यसले निदाउन मद्दत पुग्दछ ।