काठमाडौं - केन्याको एक प्राथमिक विद्यालयमा भागदौड हुँदा कम्तिामा १४ जना विद्यार्थीको मृत्यु भएको छ ।

राजधानी नैरोबीको उत्तर पश्चिममा रहेको काकामेगा प्राथमिक विद्यालयमा स्थानीय समय अनुसार साँझमा भएको भागदौडमा ४० भन्दा बढी बालबालिका घाइते भएको समाचारमा जनाइएको छ ।

सानो भर्‍याङबाट सबै विद्यार्थी एकै पटक निस्क्न खोज्दा भागदौड भएको हुन सक्ने अधिकारीहरुले आंशंका गरेका छन् ।

तर घटनाको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । गत वर्ष पनि नैरोबीकै एक प्राथमिक विद्यालयको भवन भत्किँदा आठ जना बालबालिकाको मृत्यु भएको थियो भने ६९ जना घाइते भएका थिए ।