एकीकृत बस्तीको शिलान्यास गर्न प्रधानमन्त्री ओली आज मोरङ जाँदै
खबर एक्सप्रेस
२०७७-११-१८ ०८:५८ मा प्रकाशित
Total Shares: 290
काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओली आज मोरङ जाने भएका छन् । उर्लाबारीमा रहेको एकीकृत सन्थाल बस्तीको शिलान्यासका लागि प्रधानमन्त्री ओली मंगलबार त्यसतर्फ जान लागेका हुन्।
प्रधानमन्त्री ओली दिउँसो २ बजे शिलान्यासका लागि पुगने कार्यक्रम छ । जनता आवास कार्यक्रममार्फत् करिब दुई वर्षमा उर्लाबारीमा एक सयभन्दा बढी घरधुरी बनाउने सरकारको तयारी छ ।
करिब ३० करोड रुपैयाँ बराबरको लगानीसहित वडा ८ र ९ को सीमामा पर्ने रातोहोली खोल्सी नजिक बस्ती निर्माण गरिनेछ ।
फेसबुक पेज Like गर्नुहोस