काठमाडौं - प्रतिपक्ष दल नेपाली कांग्रेसको पदाधिकारी बैठक आज (आइतबार) बस्दैछ ।

सत्ता समीकरण र भोलि बस्ने केन्द्रीय समितिका विषयमा छलफल गर्न बैठक बोलाइएको हो । 

दिउँसो दुई बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकमा समसामयिक राजनीतिका विषयमा छलफल हुने बताइएको छ।

पार्टीको महाधिवेशन र आफ्नै नेतृत्वमा नयाँ सरकार बनाउन माओवादी केन्द्र र जनता समाजवादी पार्टीले प्रस्ताव गरेपछि कांग्रेस आन्तरिक छलफलमा कस्सिएको छ ।