काठमाडौं उपत्यकामा ५ जनामा देखियो कोरोना संक्रमण
खबर एक्सप्रेस
२०७७-०२-०६ ०५:१० मा प्रकाशित
Total Shares: 403
काठमाडौं - आज उपत्यकामा मात्र ५ जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार काठमाडौं जिल्लामा ३ जना, भक्तपुरमा १ जना र ललितपुरमा १ जना गरी ५ जनामा संक्रमण देखिएको हो । योसँगै नेपालमा संक्रमितको संख्या ४०२ पुगेको छ । जसमा २ जनाको मृत्यु भएको छ भने ३७ जना निको भएका छन् ।
फेसबुक पेज Like गर्नुहोस