काठमाडौं - नेपाली कांग्रेसका पुराना नेता रामबाबु प्रसाईं (खनुपरुदे) को निधन भएको छ । ९९ वर्षको उमेर शुक्रबार चावहिलस्थित ओम अस्पतालमा निधन भएको पारिवारिक स्रोतले बताएको छ ।

उच्च ज्वरो र श्वासप्रश्वासमा समस्या देखिएपछि उनलाई केहिदिन अघि अस्पताल भर्ना गरिएको थियो । उपचारको क्रममा प्रसाईलाई कोरोना संक्रमण देखिएको थियो। शुक्रबार मध्यान्ह १२ बजे निधन भएको कांग्रेस प्रवक्ता विश्‍वप्रकाश शर्माले जानकारी दिए।

'अलग्गै स्वभाव,विचार र शैलिले परिचीत उहाँ जमानाको क्रान्तिकारी,वीपि कोइरालाप्रती निस्ठावान अनि किसुनजिको कार्यसमितिमा केन्द्रीय कोषाध्यक्ष हुनुन्थ्यो' प्रवक्ता शर्माले भने ।

वि सं १९७८ सालमा ताप्लेजुङ जिल्लाको हाङपाङमा जन्मिएका प्रसाईंको परिवार ताप्लेजुङको हाङपाङबाट झापाको बिर्तामोड बसाइँ सरेको थियो।