काठमाडौं - भारतमा कोरोना भाइरसको पहिलो संक्रमित भेटिएको छ ।  केरलामा एक जना व्यक्तिमा कोरोना भाइरसको संक्रमण भएको  भारतको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

चीनको वुहान विश्वविद्यालयमा अध्यननरत विद्यार्थीलाई कोरोना भाइरसको संक्रमण भएकोबताइएको छ । उनलाई निगरानीमा राखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । वुहानबाट फर्किएपछि उनमा कोरोना भाइरसको संक्रमण देखिएको हो ।

चीनको वुहानबाट फैलिएको प्राणघातक कोरोना भाइरसका कारण बिहीबार बिहानसम्म चीनमा १७० जनाको मृत्यु भएको छ ।