काठमाडौं - नेपाली कांग्रेसका युवा नेता गगन थापाले यस वर्षको एसईई परिक्षा नगर्ने सरकारको निर्णय सहि रहेको बताएका छन् । कक्षा ११ को परिक्षा पनि आन्तरिक मूल्याङ्कनबाट निर्धारण हुनपर्ने उनको भनाई छ ।

थापाले अब कानुनी रुपमा नै एसईई खारेज गरेर कक्षा १२ को परीक्षा राष्ट्रिय परीक्षा बनाउनु पर्ने बताएका छन् ।

बिहिबार सामाजिक सञ्जाल ट्विटरमार्फत् भनेका छन्, 'यस वर्ष एसईई परीक्षा नहुने,सही निर्णय ! कक्षा ११ को परीक्षा पनि आन्तरिक मूल्याङ्कन बाट निर्धारण हुने ब्यबस्था गरौं र अब बाट एसईई कानुनी रूपमा नै खारेज गरौं। कक्षा १२ को परीक्षा राष्ट्रिय परीक्षाको रूपमा लिऔं। शिक्षा प्रणालीमा परिवर्तनको लागि,संकटले उपलब्ध गराएको अवसरलाई खेर जान नदिऊँ।'

बुधबार साँझ बसेको मन्त्रीपरिषद् बैठकले यस वर्षको एसईई परिक्षा स्थगित गर्दै आन्तरिक मुल्याकंनबाट नतिजा निर्धारण गर्ने निर्णय गरेको थियो ।