काठमाडौं - हङकङमा पनि कोरोना भाइरसबाट सङ्क्रमित व्यक्तिको ज्यान गएको छ । 

चीनको वुहानबाट हङकङ पुगेका ३९ वर्षीय पुरुषको मङ्गलबार बिहान ज्यान गएको समाचार संस्था अल जजेराले जनाएको छ । योसँगै चीन बाहिर कोरोना सङ्क्रमितको ज्यान गएको यो दोस्रो घटना हो । 

यसअघि गएको आइतबार फिलिपिन्समा रहेका एक चिनियाँ पुरुषको ज्यान गएको थियो । अहिलेसम्म चीनमामात्र कोरोना सङ्क्रमित चार सय २५ जनाको ज्यान गैसकेको छ भने २० हजार चार सय ३८ जनामा सङ्क्रमण देखिएको छ ।