ऊर्जामन्त्री पुन र चिनियाँ राजदूत याङछीबीच भेटवार्ता
काठमाडौं - ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री वर्षमान पुन र चिनियाँ राजदूत होऊ याङछीबीच भेटवार्ता भएको छ । सिंहदरबारस्थित ऊर्जा मन्त्रालयमा आइतबार भएको द्धिपक्षीय भेटवार्तामा आपसी हितका साथै दुई देशबीच गर्न सकिने सहकार्यका विषयमा छलफल भएको थियो ।
भेटवार्ताका क्रममा मन्त्री पुनले भर्खरै सम्पन्न ६० मेगावाट क्षमताको अपर त्रिशुली ए जलविद्युत आयोजनामा चीन सरकारले गरेको सहयोगप्रति धन्यवाद व्यक्त गरे । सो क्रममा चिनियांँ राजदूत यान्छीले चीन उर्जा क्षेत्रमा सहकार्यका लागी इच्छुक रहेको धारणा व्यक्त गरिन् ।
चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणका क्रममा भएको नेपाल–चीनबीच एक वर्षभित्र उर्जा र जलविद्युतको क्षेत्रमा सहकार्यको योजना बनाइ कार्यान्वयन गर्ने समझदारीलाई अघि बढाउने विषयमा समेत उनिहरुबिच छलफल भएको बताइएको छ ।
फेसबुक पेज Like गर्नुहोस