काठमाडौं - नेपाल आयल निगमले फेरी पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले सोमवार राति १२ बजे देखि लागू हुनेगरी पेट्रोलियम पदार्थको मूल्य बढाएको हो ।

निगमले डिजेल, पेट्रोल र मट्टीतेलमा प्रतिलिटर २ रुपैयाँ, हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटरमा ५ रुपैयाँले मूल्य बढाईको निगमद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । यस्तै हवाई इन्धन बाहृयतर्फको मूल्य पनि एक किलोलिटरमा २५ अमेरिकी डलरले वृद्धि गरिएको निगमले जानकारी दिएको छ ।

मूल्य वृद्धि पश्चात पेट्रोलको मूल्य प्रतिलिटर ११६ रुपैयाँ, डिजल र मट्टितेलको मूल्य प्रतिलिटर ९९ रुपैयाँ र हवाई इन्धनतर्फ आन्तरिकतर्फ प्रतिलिटर ७२ रुपैयाँ र अन्तरराष्ट्रिय उडानतर्फ प्रतिलिटर ८९३ रुपैयाँ कायम भएको छ ।

यस अघि निगमले गत फागुन ४ गते पनि एक महीना नबित्दै मूल्य बढाएको थियो ।