उपनिर्वाचनका लागि मतपत्र पठाइदैं
खबर एक्सप्रेस
२०८१-०१-०५ ०७:४६ मा प्रकाशित
Total Shares: 80
काठमाडौं - वैशाख १५ गते हुने उपनिर्वाचनका लागि आज मतपत्र पठाइने भएको छ ।
निर्वाचन आयोगका अनुसार छपाइको काम सकिएसँगै मतपत्र सम्बन्धित क्षेत्रमा पठाउन लागिएको हो
प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार इलाम-२ का लागि एक लाख २८ हजार र बझाङ-१ (१) का लागि ६८ हजार मतपत्र छापिएको छ । इलाम-२ मा १९ र बझाङ-१ (१) मा ११ उम्मेदवार छन् ।
फेसबुक पेज Like गर्नुहोस