जनकपुरमा पैसा फालेर फरार महिलामा ‘आरडिटी पोजेटिभ’
जनकपुरधाम - जनकपुरधामस्थित महावीर चोकमा पैसा फालेर फरार भएको आरोपमा पक्राउ परेकी दुई महिलामध्ये एक जनाको आरडिटी रिपोर्ट पोजेटिभ देखिएको छ।
कोरोना भाइरस संक्रमणको संत्रासकाबीच पैसा फालेर फरार भएको भनिएको महिललाई नियन्त्रणमा लिई प्रादेशिक अस्पताल जनकपुरमा गरिएको परिक्षणमा आरडिटी रिपोर्ट पोजेटिभ देखिएको अस्पताल स्रोतले जनाएको छ। उनीहरु दुबैजनाको अहिले पिसिआर टेस्ट भइरहको बताइएको छ।
शुक्रवार दिउँसो महावीर चोकमा पैसा फालेर फरार भएको भन्दै सिसिटिभी फुटेजको आधारमा जनकपुरधाम उपमहानगरपालिका–७ जानकीनगरकी आमुना खातुन र अलिना खातुनलाई शनिवार दिउँसो प्रहरीले पक्राउ गरेको छ। प्रहरीका अनुसार उनीहरु दुबैजना नन्द भाउजु हुन्। शनिवार दिउँसो मस्जिद पछाडी लुकेर बसेको अवस्थामा दुबैजनालाई पक्राउ गरिएको प्रहरीको भनाइ छ।
पक्राउ गरे लगतै कोरोना संक्रमण परिक्षणकालागि दुबै जनालाई आरडिटी परिक्षणकालागि प्रादेशिक अस्पताल पठाइएको थियाे ।
फेसबुक पेज Like गर्नुहोस