काठमाडौं - सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिकाका अध्यक्ष डिङम दोर्जी शेर्पाको ३९ वर्षको उमेरमा निधन भएको छ। 

उनको आज विहान ८ बजेर ३० मिनेटमा निधन भएको उपाध्यक्ष टसील्हामु शेर्पाले बताए।  आन्द्राको क्यान्सरबाट पीडित उनको काठमाडौंस्थित ह्याम्स र निदान अस्पतालमा उपचार गरिएको थियो। तर, पछिल्लो समय अवस्था सुधारान्मुख नभएपछि गाउँ नै फर्काइएको थियो। 

उपचारका लागि भर्ना भएपछि एक महिनाअघि शेर्पाले आफ्नो जिम्मेवारी गाउँपालिका उपाध्यक्ष टसील्हामु शेर्पालाई सुम्पिएका थिए। शेर्पा गत स्थानीय चुनावमा तत्कालिन नेकपा एमालेकाे तर्फबाट गाउँपालिका अध्यक्ष चुनिएका थिए।