भोलीबाट देशभरका सबै मालपोत खुल्ने
खबर एक्सप्रेस
२०७७-०२-२४ ०५:१९ मा प्रकाशित
Total Shares: 358
काठमाडौं - भोलीबाट देशभरका सबै मालपोत खुल्ने भएको छ । आइतबारदेखि देशभरका भूमिसुधार र मालपोत कार्यालय खुल्ने भएको हो ।
भूमि व्यवस्थापन तथा अभिलेख विभागले सूचना निकालेर आइतबारदेखि कार्यालय प्रमुख र आवश्यक कर्मचारीलाई उपस्थित गराई सेवा सूचारु गर्न भनेको छ ।
विभागको उक्त सूचनामा स्वास्थ्य सुरक्षा सतर्कता अपनाएर आन्तरिक प्रशासन व्यवस्थापन तथा अन्य अत्यावश्यक सेवा सुचारु गर्न भनिएको छ ।
फेसबुक पेज Like गर्नुहोस