काठमाडौं - आज नेपाली बजारमा सुनको भाउ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाए अनुसार आज सुन प्रतितोला ८ सय रुपैयाँले घटेको हो ।

महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९४ हजार १ सय रुपैयाँमा तथा तेजावी सुन प्रतितोला ९३ हजार ६ सय रुपैयाँमा कोरोबार भइरहेको छ । 

यस्तै, आज चाँदीको भाउ पनि घटेको छ। आज चाँदी प्रतितोला २५ रुपैयाँले घटेर १ हजार १७५ रुपैयाँमा कोरोबार भइरहेको छ ।