चितवन - शुक्रबार चिवनबाट दिनहाडै रु ९ लाख लुटिएको छ । पूर्वी चितवनको खैरहनीमा एक ब्यक्ति दिनदहाडै लुटिएको प्रहरीले जनाएको छ । खैरहनी नगरपालिका– ८ पर्सा बजार क्षेत्रमा गुल्मीका नारायण घर्तीबाट ९ लाख रुपैयाँ लुटिएको हो ।

भरतपुरको साइन रेसुंगा विकास बैंकबाट निकालेको रकम लुटिएको घर्तीले बताए । जग्गा खरिदको लागि खैरहनीकै एक व्यक्तिसँग सम्पर्क भएअनुसार घर्ती र उनका साथमा पदम घर्ती रकम लिएर खैरहनी आएका थिए । घटनाको बिषयमा अनुसन्धान भइरहेको छ ।