काठमाडौं, एजेन्सी - कोरोना भाइरस भारतमा पछिल्लो केहि दिन यता निकै तिब्र रुप फैलिदै गएको छ । दिनप्रति दिन कोरोना संक्रमितको संख्या हिजो को तुलनामा उच्च रहेको छ ।

पछिल्लो २४ घण्टामा ४ लाख १ हजार ९९३ जनामा कोभिड १९ देखिएको भारतीय स्वास्थ्य मन्त्रालयले जनाएको छ। यससँगै भारतमा सक्रिय संक्रमितको संख्या ३२ लाख ६८ हजार ७१० पुगेको छ।

यस्तै सोहि अवधिमा ३ हजार ५२३ जनाको संक्रमणका कारण मृत्यु भएको छ। भारतमा हालसम्म १ करोड ९१ लाख ६४ हजार ९६९ जनामा कोरोना संक्रमण पुष्टि हुँदा २ लाख ११ हजार ८५३ जनाको मृत्यु भइसकेको छ।