काठमाडौं - नेपाली बजारमा आज सुनको मूल्यमा गिरावट आएको छ ।

अन्तर्राष्ट्रिय बजारलाई पछ्याउँदै स्थानीय बजारमा छापावाल सुनको मूल्य तोलामा एक हजार रुपैयाँले कमी आएको हो ।

आज नेपाली बजारमा सुन प्रतितोला ७२ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो सुनको मूल्य प्रतितोला ७३ हजार ४ सय रुपैयाँ पुगेको थियो ।

आज चाँदी तोलामा १० रुपैयाँले घटेर ८ सय ८५ रुपैयाँ प्रतितोलामा कारोबार भइरहेको छ ।