एजेन्सी - कोरोना भाइरसको कारण फिलिपिन्समा पनि एक जनाको ज्यान गएको छ । चीनको वुहान प्रान्तबाट फैलिएको कोरोना भाइरसको संक्रमणबाट फिलिपिन्सको मनिलामा एक पुरुषको ज्यान गएको हो ।

बीबीसीमा प्रकाशित समाचार अनुसार शनिबार उक्त पुरुषको ज्यान गएको हो । उक्त व्यक्ति चीनको वुहान प्रान्तबाट फर्किएका थिए । 

त्यस्तै, फिलिपिन्समा अर्का एक जनामा पनि यो भाइरसको संक्रमण देखिएको हो । 

हालसम्म भाइरसको सङ्क्रमणबाट चीनमा मात्रै ३०४ जनाको मृत्यु भइसकेको अन्तर्राष्ट्रिय मिडिायाहरुमा प्रकाशित समाचारमा उल्लेख छ ।