काठमाडौं - एक साताअघि रिलिज भएको नायक प्रभास र श्रद्धा कपुर अभिनित फिल्म ुसाहोुले लागत उठाएको छ । फिल्म रिलिज भएको पहिलो हप्तामा नै निर्माण लागत उठाएको हो । 

फिल्मले पाँच दिनमा भारु ३ सय ५० करोड कमाएको छ । हिन्दीसहित चार भाषामा रिलिज फिल्म ३ सय ५० करोड भारुमा निर्माण भएको थियो ।

रिलिज भएकै दिन एक अर्बभन्दा बढी आम्दानी गरेको फिल्मको दोस्रो दिनदेखि नै आम्दानी घट्यो । हिन्दी भाषामा रिलिज भएको तर्फबाट आम्दानीमा लगातार गिरावट आए पनि सय करोड क्लबमा प्रवेश गरेको छ । 

यसैबीच फिल्मको कथालाई लिएर विवाद उत्पन्न भएको छ । फ्रान्सका निर्देशक जरोम सलेले साहोका निर्मातालाई आफूले बनाएको फिल्मको नक्कल गरेको आरोप लगाएका छन् । सलेले बनाएको हलिउड फिल्म ‘लाजरे बिञ्च’ र साहोको कथा लगभग मिलेपछि आरोप लागेको हो ।