काठमाडौं - लोकसेवा आयाेगले लिखित परीक्षा, अन्तर्वार्तासहित सम्पूर्ण परीक्षा र विज्ञापन स्थगित गरेकाे छ।

आयाेगले साेमबार सूचना जारी गरेर काेराेना भाइरसका कारण सिर्जना भएकाे संवेदनशीलतालाई लिएर अर्काे व्यवस्था नभएसम्मका लागि परीक्षा र विज्ञापन स्थगन भएकाे जनाएकाे हाे।

मन्त्रिपरिद्काे वैशाख १४ गतेकाे बैठककाे अनुराेध अनुसार साेमबार बसेकाे आयाेगकाे बैठकले यस्ताे निर्णय गरेकाे हाे।