मौसम पूर्वानुमानः आज चट्याङ्ग, असिना र हावाहुरीसहित वर्षाको सम्भावना
काठमाडौं - पश्चिमी वायु र स्थानीय वायुको प्रभावका साथै बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको प्रभावले आज विहानै देखि वर्षाको सम्भावना बढ्दै गएको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार केही दिनयतादेखि नेपालमा कायम रहेको पश्चिमी वायु र स्थानीय वायुको प्रभाव अझै सक्रिय अवस्थामै रहेकाले आज हावाहुरीसहितको बर्षाको सम्भावना रहेको छ ।
सोमबार देश अधिकांश स्थानमा मेघगर्जन, चट्याङ, असिना र हुरीसहित हल्कादेखि मध्यम वर्षा हुनसक्ने जनाउनै महाशाखाले सतर्कता अपनाउनसमेत अनुरोध गरेको छ। अहिले पश्चिमी नेपालका उच्च पाहाडी भेगमा वर्षा भइरहेको छ।
भोली मंगलबारसमेत देशको अधिकांश भूभागमा सामान्य बदली रही देशको केही स्थानमा मेघगर्जन, चट्याङ, असिना र हुरीसहित वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १८ दशमलव शून्य डिग्री र अधिकतम तापक्रम २८ दशमलव नौ डिग्री सेल्सियस रहेको छ।
फेसबुक पेज Like गर्नुहोस