काठमाडौँ - राष्ट्रिय जनता पार्टी नेपाल ९राजपा० ले निरन्तरको वर्षाका कारण मुलुकका विभिन्न भागमा जनधनको ठूलो क्षति भएकोप्रति दुःख व्यक्त गर्दै उद्धार तथा राहतकार्यमा जुट्न सबैमा अपिल गरेको छ । 

राजपाले आज एक विज्ञप्ति जारी गर्दै विपद्को यस घडीमा बचाउ, उद्धार र राहतमा तदारुकताका साथ अगाडि बढ्न सङघीय र प्रदेश दुवै सरकारसँग आग्रह गरेको छ । उक्त कार्यमा सहयोग गर्न राजपाका सम्पूर्ण नेता, कार्यकर्ता, शुभेच्छुक एवं सहयोगीहरुलाई आह्वान गरेको छ । 

पीडित जनतालाई तुरुन्त राहत र बचाउको कार्यमा नेतृत्व गर्न स्थानीय सरकारलाई आग्रह गर्दै राजपाले सरकारका अतिरिक्त बचाउ, राहत र उद्धारकार्यमा सहयोग गर्न अन्य राजनीतिक दल, नागरिक समाज, स्वंयसेवी संस्था, दातृ निकाय, अन्तर्राष्ट्रिय समुदायलाई पनि अनुरोध गरेको छ ।