काठमाडौं - भक्तपुरकी कोरोना संक्रमित युवतीको साथीको रिपोर्ट नेगेटिभ आएको छ ।

संक्रमण देखिएकी सुनसरीको झुम्का घर भएकी २५ वर्षीय युवतीको सम्पर्कमा आएकी साथीको स्वाब परीक्षण रिपोर्ट नेगेटिभ आएको भक्तपुर अस्पतालले जानकारी दिएको छ ।

संक्रमित युवतीको साथीलाई २१ दिन क्वारेन्टाइनमा राखिने भक्तपुर अस्पतालले जनाएको छ ।

मंगलबार युवतीमा कोरोना पोजिटिभ देखिएपछि उनको साथीलाई बुधबार भक्तपुर अस्पतालबाट स्वाब संकलन गरि टेकु अस्पतालमा पठाइएको थियो ।