जुवाडे छुटाउन सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको रिट दर्ता
खबर एक्सप्रेस
२०७६-०७-११ ११:०० मा प्रकाशित
Total Shares: 671
काठमाडौं - शनिबार राती महाराजगञ्जको एक जुवा खालबाट पक्राउ परेका २५ जुवाडेलाई छुटाउन सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दर्ता भएको छ ।
पक्राउ परेका एक जुवाडेकी आफन्त रेखा कुँवरले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रीट हालेकी हुन् ।
६ जनाको तर्फबाट रिट निबेदन हालिएको प्रहरी नायब उपरीक्षक उमेश लम्सालले जानकारी दिए ।
रीटपछि क्यासिनो किङ्गको नामले चिनिने बलराम सापकोटा , पबित्र कुमार कार्की , पवन कुमार गुप्ता, श्रवण कुमार गोयल, बिक्रम गौतम र मुक्ती लामालाई प्रहरी अदालतमा उपस्थित गराएको छ ।
गैरकानुनी थुना देखिए उनीहरु आजै मुक्त हुनेछन् । त्यस्तो रीट हालेको २४ घण्टाभित्र बहस भई आदेश हुनुपर्दछ ।
फेसबुक पेज Like गर्नुहोस