सरिता गिरीको घरमा ढुंगा हानेकाे आरोपमा एक पक्राउ
खबर एक्सप्रेस
२०७७-०३-०२ ०३:३९ मा प्रकाशित
Total Shares: 292
काठमाडौं - समाजवादी पार्टीकी सांसद सरिता गिरीको घरको मूलढोकामा ढुंगामुढा गरेकाे आरोपमा एक जना पक्राउ परेका छन् ।
शुक्रबार महानगरीय प्रहरी परिसर काठमाडौंले बाजुरा घर भई कीर्तिपुरमा बस्दै आएका २८ वर्षीय हेमराज थापालाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
सासंद गिरीले लिम्पियाधुरा र कालापानी समेट्न स्रोत र प्रमाण नखुलेको भन्दै नयाँ नक्सा समेट्न सरकारले ल्याएको संशोधनमाथि संशोधन प्रस्ताव दर्ता गराएकी थिइन् ।
गत मंगलबार विशालनगरस्थित सांसद गिरीको घरको मूलढोकामा थापालगायत केही व्यक्तिहरूले ढुंगामुढा गरेर क्षति गराएका थिए भने ढोकामा कालोझण्डा समेत राखिदिएका थिए । उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
फेसबुक पेज Like गर्नुहोस