काठमाडौं - सर्वोच्च अदालतको आदेशपछि सत्ताबाट बाहिर पुगेको जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष महन्थ ठाकुर पक्षको बैठक आज बस्दै छ। बबरमहलस्थित पार्टी कार्यालयमा दिउँसो १ बजे बैठक बस्न लागेको हो । 

सरकारमा गएका मन्त्री पदमुक्त र निर्वाचन आयोगमा बुझाउनुपर्ने लिखित जवाफका विषयमा छलफल गर्न बैठक बोलाइएको एक नेताले जानकारी दिए । 

सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको मन्त्रिपरिषद् विस्तार बदर गरेपछि जसापाका ११ सहित २० मन्त्री पदमुक्त भएका छन् ।

 बैठकमा पार्टीभित्र देखिएको पछिल्लो विवादको विषयमा समेत छलफल हुने बताइएको छ।