लकडाउनकै समयमा किशोरीमाथि सामूहिक बलात्कार गर्ने ४ जना पक्राउ
काठमाडौं - कैलालीमा एक किशोरी सामूहिक बलात्कारकाे शिकार बनेकी छन् । कैलालीको गौरीगंगा नगरपालिका–१ कि १७ वर्षीया किशोरीमाथि ४ जनाको समूहले बलात्कार गरेको हो ।
घटनामा संलग्नको आरोपमा ४ जनालाई नै प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा कैलालीको गौरीगंगा नगरपालिका–४ का २४ वर्षीय नरेश भट्ट, २१ वर्षीय अर्जुन सावद, २० वर्षीय निर्मल चौधरी र २० वर्षकै नरेश नेपाली रहेका छन् ।
सोमबार राति आफन्तलाई भेटेर घर फर्किंदै गर्दा खुरखुरियानजिकै किशोरी सामुहिक बलात्कारको शिकार बनेकी थिइन् । बलात्कृत किशोरीले आफूमाथि कुटपिट समेत गरिएको बयान दिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । उनीहरुको साथबाट प्रहरीले हातहतियार र मोटरसाइकल समेत बरामद गरेको छ ।
फेसबुक पेज Like गर्नुहोस