काठमाडौं - प्रहरीले सिराहाबाट ३०० ग्राम खैरो हिरोइनसहित दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ ।
लागूऔषध नियन्त्रण ब्युरोको टोलीले आज बिहान एक राउन्ड हवाई फायर गरेर उनीहरूलाई पक्राउ गरेको हो ।
प्रहरीका अनुसार पक्राउ परेका दुवै जनाको साथबाट ३०० ग्राम खैरो हिरोइन बरामद भएको छ ।
उनीहरूलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

.gif)



