काठमाडौं - माघ एक हजारको नोटमा अब दुई वटा हात्ती राखिने भएको छ ।

अहिलेको नोटमा भएको हात्तीको तस्वीर विदेशी भएको भन्दै आलोचना भएपछि अब छपाई हुने एक हजारको नयाँ नोटमा दुई वटा हात्तीको तस्वीर रहने भएको हो ।

राष्ट्र बैंकले चितवन राष्ट्रिय निकुन्जमा भएका राम लक्षमण नामका जुम्ल्याहा हात्तीको तस्वीर अंकित डिजाइन गरेको राष्ट्र बैंकले बताएको छ। हात्तीको तस्वीरबाहेक नयाँ नोटमा अन्य कुनै विशेषता भने परिवर्तन गरिएको छैन।

राष्ट्र बैंकले सो डिजाइनको नयाँ नोट छपाईको जिम्मा एक चिनियाँ कम्पनीलाई दिइसकेको छ। राष्ट्र बैंकका अनुसार अबको चार महिनामै यी नोट बजारमा आउनेछ। दुई वटा हात्तीको तस्वीर अंकित डिजाइनका ३१ करोड थान नोट छपाईको जिम्मा दिएका बैंकले बताएको छ ।