काठमाडौं - रूकुम पश्चिमको चौरजहारी नगरपालिका ८ मा गत शनिबार भएको घटनामाथि छानविन गरेर दोषीमाथि कारबाही गरिने गृहमन्त्री रामबहादुर थापाले बताएका छन्।

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसदले मंगलबार उक्त घटनामाथि गृहमन्त्रीको जवाफ मागेपछि गृहमन्त्रीले छानविन समिति गठन गरेको जानकारी गराए।

गृह मन्त्रालयले सहसचिवको नेतृत्वमा पाँच सदस्यीय छानविन समिति गठन गरेको छ। आफ्नी प्रेमिकाको घर गएका जाजरकोटका नवराज विकसहित दुई जनाको शव भेरी नदीमा फेला परेको छ। ३ जना बेपत्ता छन्।