काठमाडौं - शंकर ग्रुपका सञ्चालक शुलभ अग्रवाललाई चार वटा मुद्दा चलाउन प्रहरीले सिफारिस गरेको छ । कालोबजारी गरेको आरोपमा पक्राउ परेका अग्रवाललाई महानगरीय प्रहरी परिषद् काठमाडौँले चार वटा मुद्दा चलाउन सिफारिस गरेको हो ।

सिफारिसमा अग्रवाललाई कालोबजार तथा केही अन्य सामाजिक अपराध तथा सजाय ऐन, २०३२ अनुसार कालोबजारी, नाफाखोरी, जामाखोरी तथा कृत्रिम अभावको मुद्दा चलाउन सिफारिस गरिएको छ ।

पक्राउ परेका बेला उनी कीर्गिस्तानका अवैतानिक दूतसमेत भएकाले मुलुकी संहिताअजुसार सार्वजनिक पदको दुरुपयोगमा पनि उनलाई मुद्दा चलाउन सिफारिस गरिएको छ । 

यो सबैमा गर्दा उनलाई अधिकतम साढे ४ वर्षसम्म जेल सजाय हुनसक्छ । अग्रवाल चैत २५ गते थर्मल गनको कालोबजारी गरिरहेको अवस्थामा पक्राउ परेका हुन् ।