काठमाडौं - मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशभर पश्चिमी वायु र स्थानीय वायु र पूर्वी भू-भाग नजिक बनेको न्यून चापिय क्षेत्रको प्रभाव हुनुको साथै बंगालको खाडी र अरब सागरबाट समेत जलवाष्पयुक्त हावा नेपाल प्रवेश भएको देखिन्छ।

देशको पश्चिमी भू-भाग लगायत पहाडी भेगमा सामान्य बदली भई पश्चिमका एक-दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा भैरहेको जनाइएको छ ।

महाशाखाका अनुसार दिउँसो देशभर सामान्य बदली रही पश्चिमका थोरै स्थानहरुमा मेघगर्जन, चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ।

यस्तै, राती भने देशभर सामान्य बदली रही मध्य र पूर्वका केही स्थानहरुमा र पश्चिमका एक दुई स्थानहरुमा मेघगर्जन, चट्याङ्ग, असिना र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।