काठमाडौं - भदौ ९ गते ऐतिहासिक मूल्य कायम गरेको सुन आज नेपाली बजारमा घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन प्रतितोला ७२ हजार ६० रुपैयाँमा कारोबार भइरहेको छ।

सोमबार ७३ हजार ५ सय पुगेको सुन आज ९ घटेको हो। महासंघका अनुसार तेजाबी सुनको मूल्य ७२ हजार ३ सय रहेको छ। आज नेपाली बजारमा चाँदीको मूल्य तोलाको ८६० रुपैयाँ रहेको छ।

पछिल्लो समय सुनको मूल्यमा उतारचढाव आइरहेको छ।