काठमाडौं - नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू पृथ्वीनारायण शाहको युद्धकलाबाट प्रभावित भएको बताएका छन् ।

पार्टी कार्यालय पेरिसडाँडामा आयोजित शहिद स्मृति तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले शाहकै युद्धकलाबाट अभिप्रेरित भएर जनयुद्धको नेतृत्व गरेको बताएका हुन् ।

‘मैले जतिबेला जनयुद्धको तयारी गर्ने भनेको थिए त्यति बेला शिक्षा लिन खोजेको पृथ्वीनारायण शाहको युद्ध कलाबाट नै हो ।’ उनले भने, ‘‘सानो राज्य गोरखाले काठमाडौँ, ललितपुर र भक्तपुर जस्ता आर्थिक रुपले सम्पन्न राज्यमा कसरी विजय हाँसिल गरेको होला भन्नेतर्फ नै मेरो बढी ध्यान केन्द्रीत हुने गरेको थियो ।’