काठमाडौं - राम्रो कपालले मानिसलाई आकर्षक बनाउन सहयोग गर्छ । तर पछिल्लो समय मानिस कपाल झर्ने समस्याका कारण विभिन्न खालको औषधि गर्न बाध्य बनिरहेका छन् ।

कपाल झरि तालु नै देखिने भएपछि यसको रोकथामको लागि उपाय अपनाउन सकिन्छ । त्यसका लागि केही घरेलु उपायहरु समेत रहेको छ । 

नुहाउनु अघि कपालमा तेल लगाउँदा कपाल बलियो हुन जान्छ र झर्ने समस्याबाट मुक्ति पाउन केही सहयोग गर्छ । त्यसका लागि यसो गर्नुहोस् । 

कुनै रङ प्रयोग गरेको कपाल छ भने बाक्लो र बढी मोस्चर भएको तेल प्रयोग गर्नुहोस् ।

कपाल बढी नै सुक्खा छ भने नरम बनाउन सक्ने प्रकृतिको तेल हुनुपर्छ । यस्तो कपालमा नुहाउनुअघि नरिवलको तेलले मसाज गरेर तीन घन्टापछि पखाल्नु राम्रो हुन्छ ।

कुनै पनि रङ प्रयोग नगरे पनि कसैको कपाल सामान्य अवस्थामै सुक्खा हुन्छ । यस्तो कपालमा जैतुनको या तोरीको तेलले मसाज गर्नु उपयुक्त हुन्छ । कपालको जरैदेखि भिज्ने गरी मसाज गरेर दुई घन्टापछि पखाल्नुपर्छ ।

सामान्य कपालमा पनि क्वालिटी मेन्टेन गर्न नुहाउनुअघि तेल मसाज गर्नु राम्रो हुन्छ । यस्तो कपालमा बदामको तेल उपयुक्त हुन्छ । मसाज गरेको दुई घन्टापछि पखाल्नुपर्छ ।

नुहाउनुअघि बढी मोस्चर भएको तेल राम्रोसँग तताएर मनतातो भएपछि लगाउनु उपयुक्त हुन्छ ।

नुहाएपछि लगाउने तेल ननस्टिकी मोस्चर कम भएको हुन जरुरी छ । यस्तो तेलले कपाल नरम राख्छ भने चिपचिप हुन दिँदैन ।