काठमाडौं - ललितपुरको नख्खुस्थित नेपाल मेडिसिटी अस्पतालमा कार्यरत चिकित्सक डा। रोहितकुमार झा बलात्कार आरोपमा पक्राउ परेका छन् ।

आइतबार उपचारका लागि आएकी एक विरामी महिलालाई चेकजाच गर्ने क्रममा भित्र कोठामा बोलाएर बलात्कारको प्रयास गरेको पीडितको आरोप छ ।

पीडितले दिएको जाहेरीका आधारमा डा. झालाई सोमबार साँझ अस्पताल परिसरबाटै नियन्त्रणमा लिइएको महानगरीय प्रहरी परिसर ललितपुरका एसएसपी टेकप्रसाद राईले बताए । उनका अनुसार सामान्य स्वास्थ्य जाँचका लागि आइतबार अस्पताल पुगेकी एक युवतीलाई इमरजेन्सी वार्डसँगैको कोठामा डा। झाले बलात्कार प्रयास गरेको आरोप लागेको छ । पक्राउ परेका झा मेडिसिटी अस्पतालमा इमरजेन्सी विभागमा कार्यरत छन् ।

ती युवतीले आफूलाई डा। झाले चुकुल लगाएर बलात्कार प्रयास गरेको किटानी जाहेरी आइतबार नै दिएकी थिइन् । जाहेरीमा उल्लेख भएअनुसार डाक्टरले महिलालाई जाँच्ने क्रममा विस्तारै गोप्य अंगमा हात लगेका थिए । त्यसपछि बलात्कार गर्न खोजेपछि महिला कराउन थालेकी थिइन् । 

राजधानी दैनिकबाट