रेशम चौधरीलाई राज्यले अन्याय गर्यो : मोहन बैद्य
काठमाडौैं - नेकपा क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्यले रेशम चौधरीमाथि राज्यले अन्याय गरेको बताएका छन् ।
वैद्यले बुधबार बुटवलमा सञ्चारकर्मीसँग कुरा गर्दै यस्तो बताएका हुन् । ‘रेशम चौधरीमाथि मुद्दा लगाइनु गलत हो, उनी अन्यायमा परेका छन्’, उनले भने । टीकापुर घटना राजनीतिक भएको भन्दै उनले राजनीतिक रूपमै समाधान खोज्नुपर्ने बताए ।
भदौ ७ गते टीकापुरमा भएको थरुहट सम्मेलनबाट फर्किएका वैद्यले थारु समुदाय सामन्तवाद, सुदूरपश्चिम र मधेसीको चुपुवामा परेको उनको दाबी छ । टीकापुर घटनाको अर्को दिन थारु समुदायमाथि राज्यले निर्मम दमन गरेको भएपनि त्यसबारे कसैले नबोलेको क्रान्तिकारी माओवादीका अध्यक्ष वैद्यको भनाइ छ ।
त्यस्तै वर्तमान सरकारले कम्युनिष्टको बद्नाम मात्र गरेको बैद्यको भनाइ छ । सरकारको परराष्ट्र र कूटनीतिक सम्बन्ध अपारदर्शी र शंकास्पद रहेको उनको दाबी छ । अमेरिकाको इण्डो प्यासिफिक अन्तर्गत सैन्य साझेदारी रणनीतिमा वर्तमान सरकारको भूमिका शंकास्पद देखिएको वैद्यको आरोप छ ।
फेसबुक पेज Like गर्नुहोस